दफा १३१
हकदैया, हदम्याद वा अधिकारक्षेत्र नभएको जिकिर लिन सक्ने
प्रतिबादीले प्रतिउत्तरपत्र पेश गर्दा देहायको कुनै वा सबै विषयमा जिकिर लिन चाहेमा त्यस्तो विषयप्रतिउत्तरपत्रमा उल्लेख गर्नु पर्नेछः–
(क) बादीलाई मुद्दा दायर गर्ने हकदैया नभएको,
(ख) फिरादपत्र हदम्यादभित्र दायर नभएको,
(ग) जुन अदालतमा फिरादपत्र दर्ता भएको छ सोही अदालतलाई फिराद दाबीका सम्बन्धमा कारबाही, सुनुवाई र किनारा गर्नेअधिकारक्षेत्र नभएको ।